जब कुनै व्यक्तिको कुण्डलीबाट दांपत्य को विचार गरिन्छ, तब त्यो समयमा गुरु, शुक्र र मंगल को विश्लेषण गरिन्छ. इन तीनै ग्रह को स्थिति लाइ बुझेर मात्र व्यक्ति को दांपत्य जीवन को विषय मा केहि फ़लादेश गर्नु ठिक हुन्छ. आउनुहोस यहां हामि दाम्पत्य जीवन सग सरोकार राख्ने तीन मुख्य ग्रहलाइ राम्ररि बुझ्ने प्रयास गरौ.
गुरु को वैवाहिक जीवन मा भूमिका (Role of Jupiter in Marriage Astrology) सुखी दाम्पत्य जीवन को लागि भावी वर-वधू को कुण्डली मा गुरु पाप प्रभाव बाट मुक्त हुनु पर्दछ. गुरुको शुभ दृ्ष्टि सप्तम भाव मा भए वैवाहिक जीवन मा परेशानि र कष्टको बाबजुद पनि अलगाव को स्थिति हुदैन. अर्थात गुरु को शुभता वर-वधू को साथ र विवाह लाइ दीर्घ कालसम्म बनाइ राख्दछ. गुरु दाम्पत्य जीवन का बाधाहरुलाइ हटाउनु को साथ-साथ, संतान को कारक ग्रह पनि हो. तर कुण्डली मा गुरु पीडित छ भने सर्वप्रथम विवाह मा विलम्ब हुन्छ र त्यस पछि संतान प्राप्ति मा पनि कष्ट हुन्छ.� सुखी दाम्पत्य जीवन मा संतान समयमा हुनु आवश्यक मानिन्छ. विवाह पछि सर्वप्रथम संतान को नै विचार गरिन्छ. यदि गुरु कुनै पापी ग्रह को प्रभाव ले दूषित छ भने संतान प्राप्ति मा बाधा आउदछ. जब गुरुमा पाप ग्रह को प्रभाव होस तथा गुरु पापी ग्रह को राशिमा स्थित होस तब निश्चित रुप मा दाम्पत्य जीवन मा अनेक प्रकार को समस्याहरु आउने छन.
No comments:
Post a Comment