रत्न प्रकृति प्रदत्त एउटा मूल्यवान निधि हो। मनुष्य अनादिकाल देखि नै रत्न को तर्फ़ आकर्षित भैरहेको पाइन्छ, वर्तमान समयमा पनि छ तथा भविष्य मा पनि रहि रहने छ। रत्न सुवासित, चित्ताकर्षक, चिरस्थायी् र दुर्लभ हुनु र आफ़्नो अद्भुत प्रभाव का कारण ले पनि मनुष्य लाई आफ़्नो मोहपाश मा बाध्न सफ़ल भएको हो। रत्न आभूषणहरुको रूपमा शरीर लाई शोभा बढाउद छ , साथ मा आफ़्नो दैवीय शक्ति को प्रभाव का कारण रोगहरुको निवारण मा पनि ठुलो सहायक रहेको छ। रत्नहरुमा चिरस्थायित्वको एउटा यस्तो गुण छ कि यिनिहरु ऋतुहरु को परिवर्तन का कारण तथा समय-समय मा प्रकृतिमा हुने भीषण उथल-पुथल र तहस-नहस ले पनि प्रभावित हुदैन। रत्नलाइ हामि मुख्यतः तीन वर्ग मा विभाजित गर्न सक्दछौ.-
१-प्राणिज रत्न- प्राणिज रत्न ति हुन, जो जीव-जन्तुहरु को शरीर बाट प्राप्त ठुन्छन। जस्तै - गजमुक्ता, मूँगा आदि।
२-वानस्पतिक रत्न-
वानस्पतिक रत्न ति हुन, जो वनस्पतिहरुको विशेष प्रकार को क्रियाशीलताका कारण उत्पन्न हुन्छन। जस्तै- वंशलोचन, तृणमणि, जेट आदि।
३-खनिज रत्न-
ति रत्न जुन प्राकृतिक रचनाहरु अर्थात चट्टान, भूगर्भ, समुद्र आदि बाट प्राप्त हुन्छन।
'रत्न' शब्द आधुनिक युग या मध्यकालीन युग को देन हैन अपितु अति प्राचीन युग बैदिक युगको देन हो , किनकि ऋग्वेद विश्व कै अति प्राचीन धर्म ग्रंथ हो। ऋग्वेद का अनेकों मन्त्रहरुमा रत्न शब्द को प्रयोग भएको छ।
उदाहरणार्थ-
अग्निमीले पुरोहितं यज्ञस्य देवमृत्विजम्।
होत्तारं रत्न धात्तमम्॥ ऋ.1-1-1॥
उपरोक्त उदाहरण बाट प्रमाणित ठुन्छ कि ऋग्वेद को सर्वप्रथम मन्त्र मा नै अग्नि लाइ रत्न धात्तम् भनिएको छ। ्त्यस्तै यो वेद्मा अनेक मन्त्रमा रत्न शब्दको प्रयोग भएको छ तथा अन्य प्राचीन ग्रंथ रु रामायण, महाभारत आदि अनेक ग्रन्थमा पनि रत्न शब्द को वर्णन भेटिन्छ। वृहद् संहिता, भावप्रकाश, रस रत्न समुच्चय, आयुर्वेद प्रकाश म चाहि रत्नहरुलो गुण-दोष तथा प्रयोग को स्पष्ट वर्णन गरिएको छ।
No comments:
Post a Comment